|

नवलपरासी : हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ। 

बर्दघाट सुस्ता पूर्व प्रदेश नं ४ मा पर्ने नवलपरासी (नवलपुर क्षेत्र) को जिल्ला समन्वय समितिको निर्वाचनमा पूरै प्यानलमा कांग्रेस विजय भएको छ भने प्रदेश नं ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिससमा कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो। 

नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा कांग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा कांग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन्। सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन्। 

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन्। उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्।नवलपरासी पूर्वी जिल्लामा कांग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा कांग्रेसलाई बहुमत पुर्‍याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो। 

पश्चिम जिल्लाको जिसस प्रमुखमा कांग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय भएका छन्। त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन्। दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन्। यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.