|

रुकुम : पढाइ खर्च जुटाउन भारत गएका मुसिकोट नगरपालिका–१४ लोरिवाङका १८ वर्षीय दिनेश ओली चार महिनादेखि बेपत्ता छन्।

भारतको हिमाञ्चल प्रदेशको सोलनबाट घर आउने क्रममा जेठ ३० गते दिनेश हरिद्वारबाट सम्पर्कविहीन भएका बाबु कविराम ओलीले बताए । साथीसँगै एक वर्षअघि भारत गएका थिए। घर फर्किने क्रममा उनको साथमा ४० हजार रुपैयाँ समेत रहेका कारण कसैले अपहरण गरेको आशंका उनका परिवारले गरेको छ।

‘घर आउछु भनेर हिँडेको उताबाट हिँडेको चार महिना भयो’, दिनेशका आफन्त कुवेर ओलीले भने, ‘हरिद्वार आउञ्जेलसम्म परिवारको सम्पर्कमा थियो त्यसपछि एक्कासी सम्पर्कविहीन भयो।’ 

कुवेरका अनुसार भारत तथा नेपालका विभिन्न ठाउँका लामो समयसम्म पनि खोजी गर्दा समेत उनी नभेटिएका कारण परिवार चिन्तित छ।  भारत तथा नेपालका कुनै पनि स्थानमा उनलाई देख्नेले ९८४७९८१२६८ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.