|

इनरुवा : संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम दुईवटा निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ। पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ। 

सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको छ। फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२ पदका लागि १२३ जना सम्भावित नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले जानकारी दिए। जिल्लाबाट प्रत्यक्षबाट १२ जना र समानुपातिक १४ उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस गरिएको हो। 

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं १ बाट वरिष्ठ नेता अशोककुमार राई, ध्यानबहादुर राई, भीम राई सिफारिसमा परेका छन् भने समानुपातिकतर्फ दुर्गामाया लिम्बू, विरेश थापा, रकम चेम्जुङ, ध्यानबहादुर राईको नाम सिफारिस गरिएको छ। 

त्यस्तै प्रदेशसभा सुनसरी–१ (क) को प्रत्यक्षतर्फका लागि राजेन्द्र इस्बो लिम्बू, विपिन इवाराम लिम्बू, मानभगत चामलिङ र समानुपातिकतर्फ विरेश थापा, मान भगत चामलिङ, किरण देवानलाई सिफारिस गरिएको छ। क्षेत्र नं १(ख) मा प्रत्यक्षतर्फ शुभचन्द्र राई, जयमान सम्पाङ राई र समानुपातिकतर्फ मनोज प्रधान, लालबहादुर बिनापुमा राईलाई सिफारिस गरिएको छ। 

त्यसैगरी क्षेत्र नं २ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादव, सचिव पर्शुराम बस्नेत, भीम राई, तेजनारायण चौधरी र देवकृष्ण मेहताको नाम सिफारिस गरिएको छ। 

त्यस्तै समानुपातिकतर्फ सुमित्रादेवी खत्वे, आदिवासी जनजातिबाट गायत्री आले मगर, खसबाट पर्शुराम बस्नेत, मधेशीबाट सीतादेवी यादव र अमनकुमार चौधरीलाई सिफारिस गरिएको हो। 

प्रदेश सभा क्षेत्र नं २(क) का लागि प्रत्यक्षमा तेजनारायण चौधरी, राजकुमार गुरुङ र समानुपातिकतर्फ ध्रुवकुमार सुब्बा, दिपेश राई, शंकर राई, गुलाव ब्राह्मण शर्मा, गायत्री आले मगर, रामबहादुर खड्कालाई सिफारिस गरिएको छ।

त्यस्तै क्षेत्र नं २(ख)का लागि प्रत्यक्षमा नारायण यादव, धर्मवीर आर्य, बेचन मेहता, बुधनारायण यादव, मनिषकुमार माडु र समानुपातिकतर्फ भगिरथ खत्वे, सूर्यनारायण यादव, गुलाव शर्मा, अभिनन्दकुमार यादव, सुनिता यादव, सुशीलाकुमारी यादव, निलमदेवी यादव, लक्ष्मीदेवी राम, प्रमिलादेवी मण्डल, अनिता यादव, गंगाराम चौधरी, गीताकुमारी यादव र पंकजकुमार भगतको नाम सिफारिस भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.