|

उदयपुर : उदयपुरको कटारी बजारमा रहेका बैङकमध्ये पहिलोपटक एनएमबी बैंकले एटिएम सेवा सुरु गरेको छ। बैंकले एटिएम बुथको स्थापना गरी सेवा दिन थालेको हो। कटारीको गोलपार्कसँगै रहेको बैंकले कार्यालयसँगै एटिएम बुथ राखेको छ। एनएमबी बैंकले आफ्ना सेवाग्राहीलाई एटिएम सेवा दिन थाले पनि कटारी रहेका राष्ट्रिय वाणिज्य बैंक लगायतले अझै सेवा दिन सकेका छैनन्।

एटिएमको सुविधा नराख्दा सेवाग्राहीहरुले समस्या खेप्नु बताउँदै आएका छन्। ‘जो कोही सेवाग्राहीले चेक काटेर लाइनमा बस्नैपर्ने बाध्यता छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्वउपाअध्यक्ष मदन कटुवालले भने, ‘एनएमबी बैंकबाहेक कटारीमा रहेका अरुमा एटिएम मेसिन छैन।’

दैनिक दुई सय पचासको संख्यामा चेक साट्न सेवाग्राही राष्ट्रिय वाणिज्य बैंकको शाखा कटारी आइपुग्ने गरेका छन्। एटिएम नहुँदा सेवाग्राहीहरुले दैनिक लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। आकस्मिक प्रयोजनका लागि पैसा निकाल्न र पठाउनुपर्दासमेत लाइनले समस्या हुने गरेको सेवाग्राहीहरुको दुखेसो छ।

अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको लागि स्वीकृति भइसकेको एटिएम मेसिन खोटाङको दिक्तेल पठाइएपछि कटारीमा एटिएम आउन नसकेको शाखा प्रमुख उमापति वास्तोला बताउँछन्।

कटारीमा राष्ट्रिय वाणिज्य बैंक, अरनिको बैंकहरुमा पनि सेवाग्राहीहरु धेरै भए पनि एटिएम मेसिन उपलब्ध छ्रैन। बैंक व्यवस्थापन नहुँदा बजारमा ठूला व्यापारीहरु समेतले व्यापारिक कारोबारमा समस्या भोग्नुपरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.