|

काठमाडौं : एकीकृत राप्रपा राष्ट्रवादीका नेता केशरबहादुर विष्ट राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन्।

ललितपुर जिल्लामा व्यक्तिगत रुपमा पकड राख्ने विष्ट शनिबार आफ्ना कार्यकर्तासहित राप्रपा प्रवेश गरेका हुन्। चावहिलस्थित राप्रपा प्रजातान्त्रिकको केन्द्रीय कार्यालयमा विष्टलाई राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्सेर राणाले पार्टी प्रवेश गराएका हुन्।

राप्रपा राष्ट्रवादीसँग एकीकरणको प्रयास भइरहदा विष्ट राप्रपा प्रवेश गरेपछि तत्काल ती दुई दल मिल्ने संभावना न्युन बनेको देखिएको छ।

विष्टका छोरा सांसद विराजले राप्रपा विभाजनका लागि पशुपति सम्सेर राणालाई साथ दिएका थिए।

२०४६ सालको परिवर्तनपछि राप्रपा थापामा लागेका विष्ट कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बनेका थिए। त्यसयता उनले प्रजातान्त्रिक नेपाल नामको दल खोलेका थिए। राजाको शासनमा मन्त्री बनेका विष्ट राप्रपा नेपाल, एकीकृत राप्रपा राष्ट्रवादी हुँदै अहिले राप्रपा प्रजातान्त्रिकमा गएका हुन्। 

विष्टसँगै गायिका मीरा राणा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराईलगायत एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरु राप्रपा प्रजातान्त्रिक प्रवेश गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.