|

कपिलवस्तु : कपिलवस्तु कारागारकी जेलर रेखा पुनको मृत्यु भएको छ। हृदयघातका कारण ५० बर्षको उमेरमा पुनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। रक्तचाप कम भएपछि पुनको मुख र नाकबाट रगत आएको थियो। 

रगत आएपछि अचेत भएकी पुनको उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको थियो। उपचारको क्रममा शुक्रबार राती जेलर पुनको सोही अस्पतालमा मृत्यु भएको थियो।

शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तौलिहवामा राखेको ६२ आंै प्रहरी दिवसमा सरिक भई दिनभरी कारागारमै जेलर पुनले काम गरेकी थिइन्। ड्युटी पुरा गरि सोही दिन साँझ सदाझै आफ्नै निजी सवारी साधनबाट रुपन्देहीको मंगलापुरमा रहेको घरमा गएकी थिइन्। राति ८ बजेतिर छाती दुखेपछि उनलाई मेडिकल कलेज भैरहवा लगिएको थियो।

जेलर पुनको मृत्युपछि अहिले कारागार शोकमा डुबेको छ। कारागारका चौकीदार घनश्याम चौधरीले जेलर पुनको मृत्युले आफुहरु टुहुरो जस्तो भएको बताएका छन्। ३ वर्षे कार्यकालमा पुनले कारागारको भौतिक सुधारमा निकै मिहनेत गरेकी थिइन् । महिला भएर पनि कारागार व्यवस्थित रुपमा संचालन गरेको कारागारमा खटिएका सुरक्षाकर्मीको भनाइ छ।

उनकै कार्यकालमा कारागारमा झन्डै २ करोड ५० लाख रुपैयाँमा नव निर्मित भवन संचालनमा आएको थियो । यस्तै सिसि टिभी जडान लगायतका कार्यहरु केही दिनअघि मात्र भएको थियो। पुनका श्रीमान र छोरी छन्। छोरी र ज्वाँई हङकङ बस्दै आएको पारिवारिक श्रोतले जनाएको छ। पुनको आइतबार अत्येष्टी गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.