|

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.