|

जनकपुर :  आमासँगै सुतिरहेको अवस्थामा हराएको ८ महिने बालक १६ दिनपछि फेला परेको छ। धनुषाको कमलामाई नगरपालिका वडा नं.–३ पर्सा बस्ने महेन्द्र यादवका ८ महिने छोरा सुमन असोज १२ गते राति हराएका थिए। 

आमासँगै सुतिरहेको बच्चा एक्कासी गायब भएपछि परिवारले प्रहरीमा उजूरी गरेका थिए। प्रहरीले १६ दिनपछि बच्चा फेला पारेको छ। परिवारजन र प्रहरीको व्यापक खोजीपछि बेपत्ता बच्चा १६ दिनपछि शनिबार सिरहाको लक्ष्मीपुर नगरपालिका वडा नं.३ स्थित स्थानीय धनेश्वर साहको घरबाट बच्चा भेटिएको हो।

धनेश्वरकी श्रीमती लिला साहले आफुले बच्चा ६ लाख रुपैयाँमा किनेको बताएकी छन्। धनेश्वर भने अहिले वैदेशिक रोजगारमा बाहिर रहेका छन्। उनले बच्चा महेन्द्र यादवकै छिमेकी विरेन्द्र यादवले ६ लाखमा बेचेको आरोप लगाएकी छन्।

बच्चा किन्ने लिलाको ४ जना छोरी छन्। छोरा नभएको कारण आफूले बच्चालाई किनेको उनको भनाइ छ। यता इलाका प्रहरी कार्यालय खजूरीका प्रहरी निरीक्षक ओम अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताए। बच्चा बेपत्ता हुँदा महेन्द्रका घरपरिवार शोकमा डुबेका थिए।

दशैंको रमझमको बेला अष्टमीको रातमा ३ छोरी र दुधे वालकसंगै गर्मी छल्न घरको छतमा सुतेकी सनिता देवी यादव १२ बजेसम्म बच्चा काखमै रहेको र १ बजे ब्युझिँदा बच्चा गायव भएको थियो। बच्चा हराएको एक घण्टा नबित्दै करिब १ बजे खजूरी स्टेशन प्रहरी चौकीलाई परिवारले जानकारी गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.