|

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै एमाले र  माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको ‘सशस्त्र जनयुद्ध’ र एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ।

दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेर अन्तिम रूप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने बताइएको छ। मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले अन्तिम रूप दिएपछि घोषणापत्र सार्वजनिक हुनेछ ।

नेपालको विकास तथा नेपालीको समृद्धिका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गरिने घोषणापत्रको मस्यौदामा उल्लेख छ। कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ, ‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम गरिने छ।’

चुनावी घोषणापत्रमा आन्तरिक मामलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिने भन्दै हिनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिने उल्लेख छ। दुई दलले १९५० को नेपालभारत शान्ति तथा मैत्री सन्धिलगायत समान सन्धि र सम्झौता खारेज गरिने मस्यौदामा उल्लेख छ। यी सन्धिहरूलाई पञ्चशीलका आधारमा नयाँ सन्धि गरिने कार्यदलले तयार पारेको मस्यौदामा उल्लेख छ।

एमाले–माओवादी निर्वाचन घोषणापत्र मस्यौदा

आर्थिक कूटनीतिमा जोड,

 पानीजहाजसहित समृद्धिका योजना,

 जबज र जनयुद्ध स्वीकार।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.