|
Photo : goal.com

काठमाडौं : स्पेनिस ला लिगाको जारी सिजन लिग लिडर बार्सिलोनाले पहिलोपटक अंक गुमाएको छ। गएरातिसम्पन्न खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरीमा रोकिएपछि बार्सिलोना अंक बाँढ्न बाध्य भएको हो।

२१औं मिनेटमा सिउल निगुरेजको गोलबाट लिएको अग्रता घरेलु टोली एथ्लेटिकोले ८२औं मिनेटमा गुमायो। बार्सिलोनाका लागि लुइस स्वारेजले बराबरी गोल गरे। बराबरीपछि पनि ८ खेलबाट २२ अंकका साथ बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ। १६ अंक जोडेको एथ्लेटिको भने तेस्रो स्थानमा झरेको छ।

गएराति नै भएको अर्को खेलमा लिग च्याम्पियन रियल मड्रिडले गेटाफेविरुद्ध संघर्षपूर्ण जित दर्ता गर्‍यो। खेल सकिनुभन्दा ५ मिनेटअघि निर्णायक गोल गर्दै क्रिष्टियानो रोनाल्डोले टिमका लागि ३ अंक सुरक्षित गरे।

त्यसअघि ३९औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट लिएको अग्रता ५६ मिनेटमा गेटाफेका जर्जे मोलिनाले बराबरी गोल फर्काएका थिए। जितसँगै रियल १७ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियल लिग लिडर बार्सिलोनाभन्दा ५ अंकले पछाडि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.