|

सिन्धुपाल्चोक : काठमाडौंबाट भीमटार आउँदै गरेको जीप इन्द्रावती गाउँपालिका–११ अधिकारी टोलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। 

बा १५ प ३७४४ नम्बरको बोलेरो जीप राति १ः३० बजे दुर्घटना हुँदा चालक काभ्रे फेदी बस्ने ४० वर्षीय गोकुल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीको अनुसार जीप सडकबाट करिब ४० मिटर तल खसेको थियो। घाइतेको उपचार काभ्रको धुलिखेल अस्पतालमा भइरहेका छ। सबैको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.