|
Photo : Manchester City Facebook page

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। यसक्रममा उसले गएराति स्टोक सिटीलाई ७-२ गोल अन्तरले पराजित गर्‍यो। उसका लागि गाब्रियल जेससले २ तथा रहिम स्ट्रलिङ, डेभिड सिल्भा, फर्नाण्डिनो, लिरोय साने तथा बर्नाडो सिल्भाले १-१ गोल गरे।

स्टोकका लागि डिओफले जवाफी गोल फर्काउँदा अर्को एक गोल म्यानसिटीका केल वाल्करको खुट्टामा लागेर उपहारस्वरुप प्राप्त भयो। जितसंगै २२ अंक जोडेको म्यानसिटी अंक तालिकाको पहिलो स्थानमा कायम छ। प्रिमियर लिगमा ५ खेलयता सिटीले लिभरपुललाई ५-०, वाटफोर्डलाई ६-०, क्रिस्टल प्यालेसलाई ५-० तथा चेल्सीलाई १-० ले पराजित गरिसकेको छ। ५ खेलमा कुल २४ गोल गर्दा सिटीले मात्र २ गोल खाएको छ।

यस्तै गएराति नै भएको खेलमा म्यान्चेस्टर युनाइडेड लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको छ। यसैगरी वेस्टह्यामले बर्नलीसँग १-१ को बराबरी खेल्दा चेल्सी अंक तालिकाको पुछारमा रहेको क्रिस्टल प्यालेससँग २-१ ले पराजित भयो।

यस्तै स्वान्सीले हडर्सफिल्डलाई २-०, टोटनह्यामले बर्निमाउथलाई १-० तथा वाटफोर्डले आर्सनललाई २-१ ले पराजित गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.