|

काठमाडौं : हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ। ५ दिनसम्म मनाइने तिहारको यमपञ्चक सुरु हुने पूर्वसन्ध्यामा आइपुग्दा गाउँघर सयपत्री र मखमली फूलले ढकमक्क छन्।

तिहारमा फूलको निकै महत्व छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजामा फूलको प्रयोग हुन्छ नै अझ भाइ टीकामा त फूलको माला नभइ हुँदैन। त्यसैले अहिले व्यवसायिकरुपमा फूल खेती गर्ने कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ।

भक्तपुरको गुण्डुका किसानहरु अहिले मखमली फूल टिपेर बजारसम्म पुर्‍याउन व्यस्त छन्। भक्तपुरमा ढकमक्क फूलेको मखमली फूल र त्यसलाई टिप्दै गरेका कृषकहरुलाई हामीले क्यामेरमा कैद गरेका छौँ।

हेर्नुहोस् केही तस्बिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.