|

महोत्तरी : महोत्तरीको बर्दिवासबाट प्रहरीले १५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा संलग्न १ जना र बसका चालक २ जनालाई प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिवासको माईस्थान जंगलबाट पक्राउ गरेको हो।

काठमाडौंबाट महोत्तरीको मनरा जाँदै गरेको ना६ख५४३४ नम्बरको बसमा दुईवटा झोलामा लुकाएर राखिएको ३ पाकेट गाँजासहित उनीहरु पक्राउ परेका हुन्। घटनामा संलग्नहरु भाग्न खोजे पनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।

फेला परेको गाँजा मकवानपुरबाट महोत्तरीको जलेश्वर लाँदै गर्दा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका ३ जना पुरानै चिनजानका व्यक्ति भएकाले उनीहरु पेसेवार हुन सक्ने प्रहरीले आशंका गरेको छ। पक्राउ परेकाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी प्रवीण पोखरेलले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.