|

रुपन्देही : बुटवल उद्योग वाणिज्य संघमा अधिकांश पदमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। लोकतान्त्रिक प्यानलबाट खिमबहादुर हमाल अध्यक्ष पदमा विजयी भएका छन्। हमालले ८६५ मत प्राप्त गरे।

समावेशी तथा साझा प्यानलको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार कृष्णकुमार श्रेष्ठले मत ६७५ प्राप्त गरेका छन्। हमालले श्रेष्ठलाई १९० मतले पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा जयप्रकाश गुप्तालाई पराजित गर्दै उज्ववल कसजु ८५० मतका साथ विजयी भए। उद्योगतर्फको उपाध्यक्षम अनिलप्रसाद श्रेष्ठ ८९९ मतसहित विजयी भए। प्रतिद्वन्द्वी शोभाखर पोखरेलले ६१० मत ल्याए।

वाणिज्यतर्फको उपाध्यक्षमा हरिप्रसाद अर्याल ९०५ मतसहित विजयी भए। उनीसँग कृष्णप्रसाद पौडेल ६०५  मत ल्याएर पराजित भए। संघको महासचिवमा समावेशी प्यानलका वीरेन्द्रकेशर जोशीलाई पराजित गर्दै दिनेशप्रसाद श्रेष्ठ ९२१ मतसहित विजयी भए।

कोषाध्यक्षमा विमलराज भट्टराईले सबैभन्दा धेरै १०४८ मत ल्याएर विजयी भए। यस्तै सचिवमा कमलप्रसाद पौडेल ९८३ मतसहित विजयी भए। समावेशी प्यानलबाट सचिवका उम्मेदवार भीमराज श्रेष्ठले ५२६ मत ल्याए। एसोसिएट सदस्यमा नवीनप्रसाद श्रेष्ठ विजयी भए।

कार्यसमिति सदस्यमा उद्योग तर्फ गोपाल टण्डन, करुण खनाल, निर्मित कसजु र सञ्जय कलवार विजयी भए। वाणिज्य तर्फका सदस्यहरुमा मनोज ध्वजु, मुक्ति अधिकारी, नरिश्वर पौडेल र टंकप्रसाद गैरे विजयी भएका छन्।

खुल्ला सदस्य तर्फ बावुराम बिक, भेषराज गैरे, प्रकाशकुमार श्रेष्ठ, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल लोकतान्त्रिक प्यानलबाट विजयी भए भने वामपन्थी प्यानलबाट सुरज भट्टराई र मञ्जु भुसाल विजयी भए।

आगामी तीन वर्षे कार्यकालको लागि असोज २७ गते भएको निर्वाचनबाट लोकतान्त्रिक प्यानलले पदाधिकारीसहित १८ सदस्य जितेको छ। समावेशी तथा साझा प्यानलबाट २ सदस्यमात्र निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.