|

  • मनोज भट्टराई-

ओखलढुंगा :  उमेर छँदै लिखु खोलाको पुलबाट मोटर चढेर काठमाडौं जाउला भनेर टारकेराबारी ७ का  लीला बहादुर श्रेष्ठले आफ्नो खेत काटेर लिखुखोलाको पुलको जिप बनाउन दिए।

सडक खन्न सुरु गरेको वर्षौं बितिसक्दा पनि श्रेष्ठको सपना पूरा हुन सकेको छैन। आफ्नो खेत काटेको एक दशक बितिसक्दा पनि सिरिसे पुल अझै अधुरो छ। उस्तै पीडा छ रामेछाप सैपुका चित्रबहादुर कार्कीको पनि।

 कार्कीले पनि भविष्यमा केही हुन्छ भनेर विवादबीच पुलको जिप खन्न आफ्नो जमिन काटेर दिए तर, आजसम्म पनि पुलको अत्तोपत्तो नहुँदा दिक्दार छन् उनी। रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने लिखु नदीमा निर्माणाधीन पुल अधुरो भएपछि ओखलढुंगाका  २० हजारबढी सर्वसाधरण सास्ती व्यहोर्न बाध्य छन्। 

०६८ मा दुई वर्षमै  लिखु नदीमा पुल सक्ने गरी  सम्झौता भयो तर, ०७४ को पनि असोज बितिसक्न लाग्दा पनि पुलको जिप मात्र पनि उठिसकेको छैन।

के भन्छन् जिम्मेवार व्यक्ति?

पुलको निर्माण कार्यमा ढिलाइ भएपछि ओखलढुंगा र रामेछापका हजारौं नागरिक समस्यामै छन्। पुल निर्माणको जिम्मा कन्काई ओमबुद्ध जेभी कम्पनीले पाएको थियो। ‘एउटा पुल बनाउन यति लामो समय लगाउन हाम्रो रहर होइन स्थानीय गुण्डा गर्दी र चन्दा आतंकका कारण काममा ढिलाइ भएको हो।’ निर्माण कम्पनीका प्रतिनिधि ग्याल्बो लामाले भने।

सम्झौता भएको दुई बर्ष सम्म काम गर्ने बातावरण नहुँदा पुल निर्माणको कार्य ढिला भएको उनको भनाइ छ।  हिउँदमा लिखुमा हेलिएर बस तथा ट्रयाक्टर गाम्नाङटारसम्म आउने भए पनि वैशाख अन्तिमदेखि सबै सपना जस्तो मात्र हुने गरेको छ स्थानीय बताउँछन्।

सांसद्को आश्वासन मात्र फेरि पनि चुनावी नारा

यस क्षेत्रका निर्वाचित सांसद नेपाली कांग्रेसबाट रामहरि खविडा हुन्। उनले पुल निर्माणको ढिलाइबारे गत फागुनमा सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख तथा  निर्माण व्यवसायी र स्थानीयसँग अन्तरक्रिया गरेका थिए। अन्तरक्रियापछि तीन महिनामा पुलबाट आवतजावत गर्न सकिने बताइएको थियो।

तर, सांसद्को पदावधि सकिदासमेत पनि पुलको काम थालनी भएको छैन। खतिवडाको यो आश्वासन पुनः चुनावी नारा  बन्ने स्थानीयहरुको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.