|

काठमाडौ : चिकित्सा शिक्षा सुधारको माग राखेर १३ औं पटक आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको माग संबोधन गर्न आइतबार वार्ता हुँदैछ।

दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयमा डा. केसीका पक्ष र सरकारी वार्ताटोलीबीच वार्ता हुन लागेको केसीका तर्फबाट वार्ताटोलीमा सहभागी डा. अभिषेक सिहंले बताए। उनले भने 'आज हामीलाई दुई बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा बोलाइएको छ, वार्तामा जाने तयारीको लागि अहिले हामी सर (डा.केसी) संग छलफल गरिरहेका छौं।'

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्ने लगायत माग राख्दै डा. केसी १० दिनदेखि आमरण अनसनमा बसेका थिए।

सरकारले डा. केसीको मागबारे छलफल गर्नका लागि बुधबार प्रधानमन्त्री कार्यालयका सचिव नागेन्द्र उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी सम्मिलित वार्ता टोली गठन गरेको थियो। केसीको तर्फबाट भने वार्तामा डा.वाइपी सिहं, डा. अभिषेक सिहं र डा. कश्यप श्रेष्ठ सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.