स्थानीय निर्वाचनमा ६२ मतले पराजित उनी कानुनी उपचारको खोजीमा

|

बैतडी : अखण्ड सुदूरपश्चिम आन्दोलनका कमाण्डर ७ नम्बर प्रदेशका चर्चित युवानेता पुष्कर राज जोशी लख्खाभाइ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने भएका छन्।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका ७ नम्बर प्रदेश सहसंयोजकसमेत रहेका लख्खाभाइले इच्छा नदेखाएपछि राप्रपाले बैतडीमा अरूकै उम्मेदवारी पार्टीको केन्द्रीय समितिमा पठाएको छ। ‘पार्टीले प्रदेश वा प्रतिनिधिसभाका लागि चुनाव लड्न भनेको तर अहिले लख्खाभाइले इच्छा देखाएनन्।’ राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले भने।

०७० को संविधानसभा सदस्य निर्वाचनमा कांग्रेस, एमालेका उम्मेदवारभन्दा पछि परेका लख्खाभाइ १४ असारको स्थानीय तहको निर्वाचनमा दशरथचन्द नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए। लख्खाभाइले अबको पाँच वर्षसम्म कुनै चुनाव नलड्ने बताएका छन्।

मतगणनाको क्रममा धाँधली भएको भन्दै उच्च अदातल गुहारेका लख्खाभाइले आपूm पराजित नभएको बताउने गरेका छन्। धाँधली गरेको आरोपसहित उच्च अदालत पुगेका लख्खाभाइले आपूmलाई जनताले जिताएको तर राजनीतिक हस्तक्षेप गरेर पराजित गरेको भन्दै पुनः मतगणना माग गरेका छन्।

कानुनी लडाइँमै केन्द्रित छु

अहिले आफ्नो ध्यान जनताले दिएको मतको संरक्षणका लागि कानुनी लडाइँमै केन्द्रित भएको उनको भनाइ छ। ‘जनताले जाहेर गरेको मतको संरक्षण गर्न सकिएन भने चुनावमा उठेर भोट माग्नुको औचित्य देखिनँ,’ उनले भने, ‘त्यसैले मेरो ध्यान प्रदेश र प्रतिनिधिसभाको चुनावभन्दा पनि स्थानीय तहको चुनावमा मैले पाएको भोटको संरक्षणका लागि कानुनी लडाइँमै केन्द्रित छ।’

मतगणनाको क्रममा विभिन्न प्राविधिक कमजोरी देखाएर धाँधली गरेको आरोपसहित उच्च अदालत पुगेका लख्खाभाइले आफूलाई जनताले जिताएको तर राजनीतिक हस्तक्षेप गरेर पराजित गरेको भन्दै पुनः मतगणना माग गरेका छन्।

पुनः मतगणनाको आशामा लख्खाभाइ

पुनः मतगणनाको मागसहित उच्च अदालतमा परेको रिटको आगामी कात्तिक १९ मा अर्को सुनुवाइ हुँदै छ। न्यापालिकामा राजनीतिक हस्तक्षेप भईरहेको भन्दै उनले न्यायपालिका दबाबमा परेका कारण सुनुवाइको मिति सार्दै गइरहेको आरोप लगाए। 

निष्पक्ष फैसला आए पुनः मतगणना हुने लख्खाभाइ आशामा छन्। पुनः मतगणना हुने हो भने आपूm ३÷४ सयको अन्तरले जित्ने उनको दाबी छ। यदि न्यायालयमा राजनीतिक हस्तक्षेप भएन भने मैले राखेको पुनः मतगणनाको पक्षमा फैसला हुन्छ र पुनः मतगणना भएपछि दाबीका साथ भन्छु म ३/४ सय भोटले अगाडि आउछु।’

आपूm चुनावमा नउठे पनि राष्ट्रवादी शक्तिलाई जिताउने अभियानमा रहेको उनले बताए। यस्तै, देशमा नयाँ राजनीतिक कोर्स सुरु भएको भन्दै नयाँ ढंगले अगाडि बढ्ने गरी छलफल भइरहेको बताए। वाम र प्रजातान्त्रिक गठबन्धन नाम मात्रैको भएको र राजनीतिक दुई कित्तामा धु्रवीकरण भएको उनले बताएका छन्। अखण्ड सुदूरपश्चिमलाई बल पुग्ने चुनावमा तालमेल गर्ने उनको भनाइ छ।

७ नम्बर प्रदेशको राजधानी डडेल्धुरा, नाम मानसखण्ड

अखण्ड सुदूरपश्चिम आन्दोलनका कमान्डर लख्खाभाइले ७ नम्बर प्रदेशमा राजधानी कुन ठाउँमा राख्ने भन्ने विवाद नगर्न आग्रह गरे। अखण्ड सुदूरपश्चिम आन्दोलनको घोषणा गर्दा जारी गरिएको २२ बुँदे घोषणा पत्रमा अखण्ड पक्षधर सुदूरपश्चिमवासीबीच पहाडी क्षेत्रमा राजधानी बनाउने सहमति भएको उनको दाबी छ।

अहिले सबै जिल्लाको पहुँचमा रहने गरी डडेल्धुरामा राजधानी राख्नु सबैभन्दा उत्तम हुने लख्खाभाइको भनाइ छ। ‘डडेल्धुरा सबै जिल्लाको पहुँचमा हुने र विकासका पूर्वाधार पनि विकास भइरहेकाले दीर्घकालीन सहजताका लागि उत्तम हुन्छ।’

यद्यपि, बैतडीवासीले भने बैतडीकै पाटनमा राजधानी हुनुपर्ने माग गरेका छन्। पाटनमा क्षेत्रीय विमानस्थल बन्दै गरेको र मध्यपहाडी लोकमार्गमा पर्ने देशकै १० नमुना सहर भएकाले पाटनलाई राजधानी बनाउनुपर्ने बैतडीवासीले अवाज उठाएका छन्। राजधानीका लागि अहिले डोटीको दिपायलमा दबाबमूलक अभियान नै सुरु भएको छ भने तराईवासीले धनगढीमा राजधानी राख्नुपर्ने माग गरेका छन्।

डडेल्धुरमा पनि विवाद भए दिपायलमै राजधानी राख्नुपर्ने उनको भनाइ छ। प्रदेशको नाम मानसखण्ड प्रदेश उपयुक्त हुनेमा लख्खाभाइले जोड दिए। ‘मानसखण्ड यसक्षेत्रको ऐतिहासिक नाम हो,’ उनले भने, ‘मानसरोवर जाने बाटो भएकाले पनि यो प्रदेशको नामाकरण मानसखण्ड राखिनुपर्छ।’

भारतको उत्तराखण्डमा विद्यार्थी राजनीतिबाटै चर्चामा आएका लख्खाभाइले राज्य पुनःसंरचनाको बहस चलिरहँदा अखण्ड सुदूरपश्चिम अन्दोलनको नेतृत्व गरेका थिए। त्यसपछि अखण्ड सुदूरपश्चिम पार्टी खोले ०७० को चुनाव लडेका लख्खाभाइ पराजित भएपछि राप्रपामा प्रवेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.