|

कावासोती : झगडा गर्नेलाई सम्झाउनुपर्ने प्रहरीले नै मदिरा सेवन गरेर सर्वसाधरणलाई कुटपिट गरेको भन्दै दुम्कीबास क्षेत्रका स्थानीय वासिन्दाले प्रहरी चौकीबाहिर नाराबाजी गरेका छन्। इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) मोहनमान श्रेष्ठले गस्तीमा मदिरा सेवन गरेर निर्दोष नागरिकलाई कुटेपछि शनिबार राति २ घण्टा इलाका प्रहरी कार्यालय दुम्कीबासमा स्थानीयले नाराबाजी गरेका हुन्।

प्रहरी स्रोतका अनुसार राति करिब ९ बजे प्रहरी निरीक्षक श्रेष्ठले शनिबार दिउँसोदेखिनै मदिरा सेवन गरी सर्वसाधारणलाई धम्क्याउने र कुट्ने गरेका थिए। प्रहरी निरीक्षक श्रेष्ठको कुटाईबाट २ जना घाइते भएका स्थानीय शम्भु श्रेष्ठले बताए।

शनिबार राति स्थानियले प्रहरी कार्यालय घेराउ गरेपछि इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी नवीनराज राईको कमाण्डमा गएको टोलीले स्थानीयको भीडलाई नियन्त्रणमा लिएको थियो। डिएसपी राईले तत्काल नै प्रहरी निरीक्षक मोहनमान श्रेष्ठलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएकाथिए। स्वास्थ्य परीक्षण गर्दा श्रेष्ठले मदिरा सेवा गरेको भेटिएको डिएसपी राईले बताए। जिल्ला प्रहरी प्रमुख मुकुन्दराज आचार्यले अनुसन्धान गरी तत्काल इन्सपेक्टर मोहनमान श्रेष्ठलाई कारबाही गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.