काठमाडौं : विवकेशील साझा पार्टीले आइतबार निर्वाचन आयोगमा समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको बन्दसूची पेश गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा उक्त पार्टीले ३६ जना उम्मेदवारको बन्दसूची बुझाएको हो।
कुल ११० जना उम्मेदवारसम्मको बन्दसूची बुझाउन पाइने भए पनि विवेकशील साझा पार्टीले ३६ जनाको मात्र बुझाउन लागेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।
त्यस्तै विवेकशील साझा पार्टीले प्रदेश नम्बर १ बाट ८ जना, २ बाट १० जना, ३ बाट १८ जना, ४ बाट ३ जना, ५ बाट ४ जना, ६ बाट ४ जना र ७ बाट १६ जना उम्मेदवारको बन्दसूची बुझाउन लागेको हो। दिउँसो साढे ४ बजे आएको उनीहरु आचार्यले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।