|

बाँकेः नेपालगन्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको १० हजार किलो कुखुरा र एक हजार २०० किलो बंगुरको मासु बरामद गरेको छ। 

आलु र केराउ (मटर) भनेर ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा बंगुर र कुखुराको मासु फेला परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

उक्त मासु नेपालगन्जका दिलीप सोनखरले ल्याउन लागेको भन्सार प्रमुख जनार्दन आचार्यले जानकारी दिए। उनका अनुसार भन्सार छल्ने उद्देश्यले ट्रकको पछाडि र वरिपरि आलु र केराउ थियो भने अगाडिको बीचमा प्याकिङ गरेको कुखुरा र बंगुरको मासु राखिएको अवस्थामा फेला परेको थियो। 

सोनखरको धम्बोझीमा बंगुरको मासु पसल संचालनमा छ। उनले यसअघि पनि ल्याएको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.