|

काठमाडौं : प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार राजनीतिक दलहरु निर्वाचन आयोगमा आआफ्ना दलका तर्फबाट उम्मेदवारको सूची बुझाएका छन्।

आयोगले उम्मेदवारको बन्दसूची बुझाउन विहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकेको थियो। उक्त समयमा ५५ दलले सूची दर्ता गराएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए।

'राजनीतिक दलका नेताहरु आयोगमा मनोनयन पत्रको बन्दसूची पेश गरिरहनुभएको छ। १० देखि ५ बजेसम्म ५५ वटा दल टोकन लिएर प्रवेश गरिसकेका छन्। यो ज्यादै ऐतिहासिक सुरुवात हो' प्रमुख आयुक्त यादवले भने।

निर्वाचन आयोगमा समानुपातिक पद्धतितर्फ उम्मेदवारी दर्ताका लागि ८८ राजनीतिक दल दर्ता भएका थिए। तीमध्ये ५५ दलले मात्र सूची बुझाउन लागेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलका नेताहरु उम्मेदवारको बन्दसूची बुझाउन आइतबार दिउँसो नै आयोग पुगेका थिए। कतिपय दलले उम्मेदवारको सूची नै निर्वाचन आयोगमा पुगेर तयार पारेका थिए।

कुन कुन दलले बुझाए उम्मेदवारको बन्दसूची हेर्नुस्

५५ वटा दलले सूची दर्ता गराएकोमा ५२ वटाको मात्र नाम यहाँ उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.