|

काठमाडौं : प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदहरुले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन्। आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको रकम बाँडेका हुन्।

निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुने गरी उनीहरुले योजना पेस गरेका छन्। शनिबार मध्यरातमा पदावधि सकिएका पाँच सय ९३ सांसदले त्यसअघि नै योजना सिफारिस गरेका हुन्।

कतिपयले पुरानो मिति राखेर आइतबारै बैठक बसी बजेट बाँडफाँट गरेको स्रोतले बतायो। सांसदको संयोजकत्वमा रहेको समितिले गाउँपरिषद् र जिल्ला परिषद्ले प्रथमिकतामा राखेका योजनालाई पनि बेवास्ता गर्दै मनपरी ढंगले बजेट छिरलेको छ।

बजेट कार्यान्वयनको अख्तियारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला प्राविधिक कार्यालयमा पठाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.