|

बाग्लुङ : सदरमुकाम बाग्लुङ बजारबाट बढाइ घन्टामा पुग्न सकिने जैमुनी नगरपालिका –८ छिम्तीसम्म २२ किमी सडकमा यातायात व्यवसायीले ५ सयभन्दा बढी भाडा असुल्ने गरेका छन्।

जिल्ला सदरमुकामबाट दक्षिणी क्षेत्र भएर जाने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सञ्चालनमा आएपछि स्थानीयलाई सुविधा भएको छ। तर, समयमै भाडा निर्धारण नहुँदा यात्रुहरु ठगिने गरेका छन्। धौलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिले बाग्लुङ–बेलबगर खण्डमा यातायात सेवा सञ्चालन गरेको छ।

 बिहान र आवश्यक परेको बेला दिउँसोको रुटमा २ सय ७५ रुपैयाँ भाडा कायम गरिएको इन्चार्ज रामप्रसाद अधिकारीले बताए। तर, व्यवहारमा यात्रुसँग भने त्यव्भन्दा बढी भाडा लिने गरेको स्थानीयको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.