|

गुल्मी  : गुल्मीमा सडक माथिबाट खसेको ढुंगाले लागेर एक अपरिचित व्यक्तिको मृत्यु भएको छ। आइतबार साँझपख जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ४ स्थित रैदीखोलानजिकै सडक माथिबाट खसेको ढुंगाले लागेर एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

अन्दाजी ३५ वर्षीय पुरुषको शव तम्घास अस्पतालमा राखिएको र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। उक्त स्थानमाथि केही दिनअघि नेपाली सेनाले कडा चट्टान बलास्टिङ गरी सडक विस्तार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.