|

काठमाडौं : नेपाल आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरुपमा समाप्त भएको छ। यससँगै नेपाल डिभिजन टूमा घटुवा भएको छ।

हङकङ र नेपालबीचको दोस्रो खेल सामुद्री आँधी तथा वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन्। पहिलो खेल जितेको हङकङ १४ अंकसहित अंक तालिकाको चौंथो स्थानमा कायम छ। समान १२ खेलबाट ९ अंक जोडेको नेपाल छैटौं स्थानमा छ।

अब नेपालले बाँकी दुवै खेल जितेमा पनि १३ अंक मात्रै हुनेछ। जबकि हङकङले त्यसभन्दा १ अंक बढी जोडिसकेको छ।

नेपालले अब फेब्रुअरीमा नामिबियामा हुने 'डिभिजन टू' खेल्नेछ। डिभिजन टूमा नेपाल, नामिबिया र युएई रहने पक्का छ। यस्तै हङकङ, केन्या र स्कटल्याण्डमध्ये १ टोली र डिभिजन *थ्रीबाट बढुवा हुने २ टोलीले पनि सो प्रतियोगिता खेल्नेछन्। डिभिजन २ बाट शीर्ष २ टिमले विश्वकप छनोट खेल्न पाउने छन्।

त्यसअघि नेपालले लिग च्याम्पियन्सिपअन्तर्गत नै युएईसँग प्रतिष्ठाका लागि खेल्नेछ। युएई पनि डिभिजन टूमा घटुवा भइसकेको छ।

*सच्याइएको

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.