|

बारा : अलपत्र अवस्थामा बाराको प्रसौनी गाउँपालिका-५ मा फेला परेका बालकलाई बारा प्रहरीले उनको अभिभावकको जिम्मा लगाएको छ। महोत्तरी जिल्ला जलेश्वर वडा नं.५ घर भई हाल वीरगञ्ज

महानगरपालिका वडा नं. १५ भिस्वामा डेरा गरी बस्दै आएका छठु तिवारीका ६ वर्षीय छोरा राजा तिवारीलाई प्रहरीद्वारा असोज २५ गते उद्धार गरी महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो।

प्रहरीले उनको अभिभावक पत्ता लगाएर आइतबार बालकका आमा–बुबाको जिम्मा लगाएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले आमा सुमित्रा तिवारी र बाबु छठु तिवारीलाई प्रहरी कार्यालयमै बोलाएर बालक जिम्मा लगाएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.