|

उदयपुर : उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते भएका छन्। आइतबार साँझ साथी साथीमा विवाद हुँदा सोहीस्थान बस्ने २४ वर्षीय जीवन माझीले खुकुरी प्रहार गरी ४५ वर्षीय तिलक माझी घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको  छ।

इप्रका रामपुरका प्रमुख इन्सपेक्टर सुवास राईका अनुसार जीवनले सामान्य वादविवादको क्रममा खुकुरी प्रहारबाट माझीको बायाँ घाँटीमा गम्भीर चोट लागेको छ। ‘घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।’ इन्स्पेक्टर राईले भने, ‘खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजी कार्य भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.