|
Photo : Reuters

सोमालियाको राजधानी मोगादिसुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको छ। उक्त बम हमलामा घाइते हुनेको संख्या ३ सय नाघेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। दर्जनौं घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ। सो हमलाबाट घाइते भएकालाई रक्तदान गर्न ठूलो संख्याका सर्वसाधारण लाम लागेर अस्पतालकोअगाडि बसेका थिए।

उक्त हमलाका मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीले बताएका छन्। प्रहरी अधिकृत इब्राहिम मोहम्मदले उक्त हमला अहिलेसम्मकै भयानक भएको बताएका छन्। उनले एएफपीलाई भनेका छन्, 'मृतकको संख्या यकिन गर्न निकै कठिन भएको छ। घाइतेहरुलाई उपचारको क्रममा  विभिन्न अस्पतालमा लगिएको छ र त्यहिँ मृत्यु भएको छ, त्यस्तै केही मृतकलाई उनीहरुका आफन्तले अन्तिम संस्कारको लागि लगेका छन्।'

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताए।

एउटा ट्रककमा बिस्फोटक पदार्थ भरेर ल्याइएको थियो। जसमा घरेलु बिस्फोटक पदार्थ प्रयोग गरिएको प्रहरी अधिकारीले बताएका छन्। बिस्फोट यति भयानक थियो कि सयौं मिटर परसम्म यसको प्रभाव परेको थियो।

हमला आतंककारी रहेको बताइएको छ। सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले आक्रमणपछिको अवस्थालाई नियन्त्रण गर्न र सहजिकरण गर्न आग्रह गरेका छन्।

विष्फोटको जिम्मेवारी आइतबारसम्म कुनै समूहले लिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.