|

  • पेमा लामा

काभ्रेपलाञ्चोक : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर नगर्ने बताएका छन्। काभ्रेको धुलिखेलमा सोमबार आयोजित ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालिम’ का लागि आएका यादवले सरकार विस्तार राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचन प्रभावित नहुने बताए।

यसअघि पनि निर्वाचनका बेला सरकार परिवर्तन तथा मन्त्रिपरिषद् विस्तार भएको जिकिर गर्दै उनले त्यतिबेला पनि निर्वाचन सम्पन्न भएको स्मरण गरे। त्यसैले सरकार विस्तारको कुरामा आयोग नअल्झिने उनको भनाइ छ।

‘आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनमा अर्जुनदृष्टि राखेर त्यसलाई सम्पन्न गर्न गईरहेका छौं,’ यादवले भने, ‘सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नु हुँदैन।’ साथै उनले निर्वाचन आचारसंहिताविपरीत काम नगर्न सबैलाई आग्रह गरे।

समानुपातिकतर्फको बन्दसूची बुझिसकिएको भन्दै उनले अन्य काम पनि कार्यतालिकाअनुार नै अघि बढेको बताए।

साथै उनले निर्वाचनमा प्रयोग गरिएका सबै प्रकारका सामग्रीको व्यवस्थित प्रयोग तथा उपयोग गर्न कर्मचारीहरुलई निर्देशन दिए। ‘हामी नेपालीहरुको नराम्रो बानी छ, खायो थाल फालिदियो, यस्तो व्यवहार नगरौं,’ प्रमुख आयुक्त यादवले भने, ‘प्रयोग गरेका सामग्री किन व्यवस्थापन गर्न सकेन, कसरी गर्ने भन्नेतर्फ निर्वाचनमा खटिने सबै कर्मचारीले सोच्नु आवश्यक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.