|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन्। शनिबारदेखि शुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०:३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।

सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ।  एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। अर्का उम्मेदवार गुरुङले भने सोमबार बिहानमात्रै उम्मेदवारी दर्ता गराइन्। 

वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती की गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन। भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छन्। अध्यक्षका दावी गरेका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराएनन्।  

हेर्नुस् चुनाव प्रचार प्रसार र मतदानका लागि लाइन बसेका फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.