|

काठमाडौं : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्सेर राणाले नवप्रवेशी पूर्वमन्त्री केशरबहादुर विष्टसहित आधा दर्जन पदाधिकारी मनोनित गरेका छन्।

मनोनयनमा वरिष्ठ उपाध्यक्ष दुई जना बनाइएको छ। त्यसमा दिपक बोहरा र केशरबहादुर विष्ट रहेका छन्।

त्यस्तै महामन्त्रीको जिम्मेवारीमा राजाराम श्रेष्ठ आएका छन् भने दुर्गा श्रेष्ठलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। दुई युवा नेता प्रदीपकुमार उदय र किशोरबहादुर कार्कीलाई प्रवक्ता बनाइएको छ। केन्द्रीय कार्यसम्पाद समितिको सदस्यमा कृष्णप्रताप मल्ल, जगत गौचन र रामकृष्ण भट्टराईलाई समावेश गरिएको नवनियुक्त प्रवक्ता प्रदीप उदयले जानकारी दिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.