|

बाँकेः नेपालगन्ज भन्सार कार्यालयले नेपालगन्जका मासु व्यवसायी दिलीप सोनकरलाई ४० लाख रूपैयाँ जरिवाना गरेको छ। भारतबाट ट्रकमा ल्याउँदै गरेको बंगुर र कुखुराको मासु अवैध भएको पुष्टिभएपछि नेपालगन्ज भन्सार कार्यालयले सोनकरसँग ४० लाख रूपैयाँ जरिवाना लिएको हो। 

उनी नेपालगन्जको धम्बोझीमा बंगुरको मासु पसल संचालन गर्दै आएका छन्। सोनकरले भारतीय नम्बरको ट्रकमा आलु र मटरको बिल बनाएर झण्डै १५ टन मासु भित्र्याउने कोसिस गरेका थिए। तर, उनले ल्याउँदै गरेको मासु र ट्रक नेपालगन्ज भन्सार कार्यालयले पक्राउ गर्न सफल भएको थियो। 

भारतबाट ल्याउँदै गरेको मासु गैरकानुनी भएको पुष्टि भएपछि संचालक सोनकरलाई विगोबमोजिम ४० लाख नौ हजार ११ रूपैयाँ जरिवाना गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताए। 

पशु क्वारेण्टाइन नेपालगन्ज र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले परीक्षण गर्दा उक्त मासु कुखुरा, माछा र बंंगुरको भएको पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.