को हुन् भट्ट?

|

काठमाडौं गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। मंगलरबार बिहान साढे २ बजे सार्वजनिक मत परिणामअनुसार भट्ट प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई झण्डै साढे ५ सय मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

भट्टले ११९७ अर्थात कुल मतको ६६ प्रतिशत प्राप्त गरे। अध्यक्षमा ३ जना प्रतिस्पर्धीले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा टीवी कार्कीले उम्मेदवारी दिएका थिएनन्। भट्टले आइतबार बेलुका नै उम्मेदवारी दर्ता गराएका थिए।

त्यसपछि घलेलाई सहमतिमा ल्याउने प्रयास भए पनि सहमति हुन नसकेपछि उनले सोमबार बिहान उम्मेदवारी दर्ता गरेकी थिइन्।

भट्टलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेको साथ थियो। त्यस्तै खुल्ला उपाध्यक्ष कुमार पन्ट्ट र कुल आचार्य विजयी भएका छन्। महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भइन्। महासचिवमा बद्री केसी, सचिवमा डिवी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा र सह-कोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन्।

एनआरएनए सन् २००३ सालमा स्थपना भएको संस्था हो। यसका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो हुन्। महतोपछि यो संस्थामा देवमान हिराचन, जिवा लामिछाने र शेष घलेले नेतृत्व गरिसकेका छन्।

को हुन् भट्ट?

एनआरएनएमा जापानबाट प्रतिनिधित्व गर्ने भट्ट निर्वतमान उपाध्यक्ष हुन्। उनले जापनमा १२९ होटल तथा रेष्टुरामा लगानी गरेका छन्। नेपालमा सञ्चार, हाइड्रो, शिक्षा, पर्यटन, पूर्वधार लगायतका २९ वटा संस्थामा उनको लगानी छ।

नेपालको गोरखा जिल्लामा जन्मिए भट्ट जापन गएपछि सुरुवाती चरणमा भाँडा माझ्ने काममा लागेको बताउछन्। 'म पढेको जान्ने मान्छेले माझेको भाडा अरुले माझेको भन्दा राम्रो हुनुपर्छ भन्ने सोचले काम गर्थेँ,' भट्टले भने, 'निरन्तरको मेहनत र महत्वकांक्षाकै कारण म अहिलेको यो स्थानमा पुगेको छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • भवन भट्ट जिलाई बधााई सगै कार्यकाल सफलताकाे शुभकामना छ।अागामि दिनमा त्याे बिदेशमा बगाएको पसिनाकाे कमाई थाेरै भएपनि नेपाल र नेपालिका लागि खर्चिनुको लागि अनुरेध गरे ।