|

लमजुङ : जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन्। कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो।

संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि एक लाख पाँच हजार बराबरको ४३ इन्चको एलइडी टेलिभिजन र लमजुङ जिल्ला समन्वय समितिबाट महिला कैदीबन्दीका लागि २५ हजार बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन उपलब्ध गराइएको हो।

कारागारभित्रै सोमबार आयोजित कार्यक्रममा कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरिएको थियो। पच्चीसजना कैदी अटाउने क्षमता रहेको उक्त कारागारमा हाल ७१ कैदी तथा बन्दी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.