|

बैतडी : म्यादी प्रहरी भर्ना हुनका लागि बैतडीमा १ हजार ८ सयभन्दा बढी आवेदन परेको छ। अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा दरखास्त आह्वान गरिएकोमा बैतडीमा १ हजार ८ सय ८५ जनाले आवेदन दिएका हुन्। बैतडीका लागि म्यादी प्रहरीको कोटा भने अहिले नै छुट्ट्याइएको छैन।

आवेदन दिएकाहरुबाट छनोट प्रक्रिया कात्तिक ५ गतेदेखि ८ गतेसम्म चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए। छनोटकै क्रममा कोटा निर्धारण हुने शार्माको भनाइ छ। म्यादी प्रहरीमा छनोट भएकाहरुको तालिम भने कात्तिक १२ गतेदेखि सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

म्यादी प्रहरीमा आवेदन दिनेमा युवाहरु बढी छन्। असोज २४ गतेदेखि ३० गतेसम्म आवेदन लिइएको थियो। म्यादीमा भर्ना हुन भारतमा काम गर्न गएका युवासमेत स्वदेश फर्किएका छन्। बेरोजगारीका कारण म्यादीमा भर्ती हुन चाहनेको संख्या संख्या अत्याधिक रहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

बैतडीमा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका १ निर्वाचन क्षेत्र छन्। १ लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा अगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.