|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चित्रबहादुर तामाङ जुवाको खालबाट पक्राउ परेका छन्। उनीसहित १५ जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।

जुवाको खालबाट १ लाख १५ हजार ८८० रुपैयाँ नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक विमलराज कंडेलले जानकारी दिए। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा राखिएको छ। उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने कंडेलले जानकारी दिए।

तामाङ नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.