|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : स्थानीय तहको मतलाई हेर्ने हो भने सिन्धुपाल्चोकमा वाम गठबन्धनको सहजै जित हुनसक्ने देखिएको छ। वाम गठबन्धनको तालमेल भए मात्र प्रतिनिधिसभा–१ मा कांग्रेस सहजै पराजित हुनसक्छ। एमाले, माओवादी केन्द्र र कांग्रेस एक्लाएक्लै चुनाव लडे भने यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ।

माओवादी र एमालेको चुनावी तालमेलले कार्यकर्ता पार्टीसँग रुष्ट नभएको खण्डमा मात्र वाम गठबन्धनको सहजै जित हुन्छ। चुनावी तालमेल र पार्टी एकता गर्ने सहमति भएपछि पार्टीका धेरै कार्यकर्ता पार्टी छाड्नेदेखि गठबन्धनलाई भोट नहाल्ने पर्चा  बाँड्दै हिँडेका छन्। 

प्रतिनिधिसभा–१ मा नेपाली कांग्रेसबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको टिकट पक्का छ। यो कांग्रेसले लोकप्रियता जमाएको क्षेत्र हो। एक्लाएक्लै चुनाव लडे प्रतिनिधिसभा– २ मा माओवादी, एमाले, कांग्रेस र राप्रपाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। तर, गठबन्धनको कारण यस क्षेत्रमा पनि कांग्रेस र राप्रपालाई असहज छ। कांग्रेसले धेरै आश नगरेको यो क्षेत्रमा राप्रपाले पनि लोकप्रिय नेताको पशुपतिशमशेर राणाको टिकट पक्का गरेको छ। 

टिकट विवाद सिर्जना नभएको खण्डमा वाम गठबन्धनको जित पक्का हुन्छ। टिकट विवादले नेताहरुमै विवाद बढ्दै गए यो क्षेत्रमा राप्रपाको जित हुने सम्भावना पनि छ।

यस्तो पनि हुन सक्छ 
स्थानीय तहको चुनावी नतिजालाई हेर्दा प्रतिनिधि सभा दुवैमा वाम गठबन्धन र कांग्रेसबिच धेरै मत अन्तर रहेका छ। यसले गर्दा गठबन्धननको जित सहज देखिन्छ। तर, प्रतिनिधिसभा– १ मा कांग्रेसबाट उम्मेदवार बन्ने पक्का रहेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पनि वाम गठबन्धनले कमजोर प्रतिस्पर्धीको रुपमा लिएका छैनन्। 

चित्त नबुझेका गठबन्धन पार्टीका कार्यकताहरुले भोट हाले कांग्रेसले जित्ने सम्भावना पनि उत्तिकै छ। स्थानीय तहको मतलाई नियाल्दा कांग्रेसले प्रतिनिधिसभा–१ मा मात्र स्थानीय तहमा जितेको थियो। 

यता, प्रतिनिधिसभा– २ मा चार ठूला पार्टीबिच प्रतिस्पर्धा हुनेमा एमाले माओवादी गठबन्धनले गर्दा पनि गठबन्धनको उम्मेदवार सहजै विजयी हुने देखिन्छ । तर, कांग्रेस र राप्रपालाई कम आँके गठबन्धनको पराजय पनि हुन सक्छ। त्यसैले गर्दा राप्रपा र कांग्रेसबीच तालमेल भएको खण्डमा पशुपतिशमशेर राणालाई हराउन माओवादी–एमाले गठबन्धनलाई हम्मेहम्मे पर्नेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.