|

बारा : निजगढ नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको प्रतिस्पर्धामा कांग्रेसका उम्मेदवारलाई १३ मतले पछि पार्दै एमालेका सबै उम्मेदवार निर्वाचित भएका हुन्।

सोमबार सार्वजनिक मतपरिणाम अनुसार महिला सदस्यमा जगतकुमारी अधिकारी, देवी विश्वकर्मा, मिनमाया लामा, राधाकुमारी मागर, लक्ष्मी गौतम निर्वाचित भएका हुन्। त्यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा पदमबहादुर  भुजेल, पवन विश्वकर्मा र सरिता राई दनुवार विजयी भएका छन्।

विजयी भएका सबैले समान ४०/४० मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवारले २७ मत ल्याए। १३ वटा वडा रहेको नगरपालिकामा कार्यपालिका निर्वाचनमा ६७ जना मतदाताले मत खसालेका थिए।

निजगढ नगरपालिकाको प्रमुखमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट सुरेशकुमार खनाल र उपप्रमुखमा एमालेकी लिला लामिछाने खनाल निर्वाचित भएका थिए। १३ वटा वडा मध्ये ५ वटामा कांग्रेस (१, ८, १०, १२, र १३)  र  ८ वटा वडा (२, ३, ४, ५, ६, ७, ९, ११) मा वडामा एमाले विजयी भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.