|

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैली खेल्न प्रतिबन्ध लगाएको छ। शान्ति र सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले ९ बजेपछि देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो। स

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले राति ९ बजेपछि देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारबाही गरिने बताए। प्रशासनले पटाका, बिस्फोटजन्य पदार्थ, भुईचम्पाको आयात तथा बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ। विगतका वर्षहरुमा आतसवाजी, भुईंचम्पा एवं पटका जस्ता बिस्फोटक पदार्थहरुको प्रयोगबाट जनधनको क्षति भएकोले सोको प्रयोग समेत नगर्न आग्रह गरिएको छ। 

चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुने हुँदा सर्वसाधारणलाई चनाखो हुन र घरमा धेरै रकम र गहना नराख्न प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले बताए। उनले सर्वसाधारणको सुरक्षाको लागि प्रहरी २४ घण्टा तयारी अवस्थामा रहेको कारण कसैलाई कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.