समाज

डोटीमा बस एकआपसमा ठोकिँदा २ को मृत्यु, ४८ घाइते
SHARES

असोज ३१, २०७४
    • कर्ण चन्द-

    डोटीः भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणी गगनेपानीमा मंगलबार दुई यात्रुवाहक बस एकापसमा ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

    उक्त दुर्घटनामा ४८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

    मृत्यु हुनेमा देहिमाण्डौं बैतडीकी ८० वर्षकी द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का १३ वर्षका विक्रम बोहरा रहेका छन्।

    डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना४ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना५ख ६०८१ नम्बरको बस मंगलबार मध्याह्न १२ बजे ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    घाइतेहरूको परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

    घाइते भएका ३२ जनामध्ये गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ। बाँकी समान्य घाइतेको डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय  डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]