|

  • भोजराज कार्की-

सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भरुवा बन्दुक प्रहार घटनामा संलग्नलाई मंगलबार सार्वजनिक गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न तीन अभियुक्तलाई सार्वजनिक गरेको हो।

शनिबार दूधकौशिका गाउँपालिका– ३, लोखिमका १३ वर्षका टंकराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोलीसहित प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दूधकौशिका गाउँपालिका– ९ बस्ने २८ वर्षका धनबहादुर तामाङ, ४६ वर्षकी आसना तामाङ र २० वर्षका बुद्धलाल तामाङ  छन्।

लोखिम निवासी कमल राईका १३ वर्षका छोरा टंकराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई सोलुखुम्बु जिल्ला अदालतमा पेस गरी म्याद थप गरेर  अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजानाअन्तर्गत मुद्धा चलाइएको छ। 

घाइते बालकलाई आइतबार नै  काठमाडौं पुर्‍याई त्रिवि शिक्षण अस्पतालमा आईसीयु कक्षमा राखेर उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.