|

डोटी : भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणी गगनेपानीमा मंगलबार दुई बस ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। अरु ४८ जना घाइते भएका छन्।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा देहिमान्डौं बैतडीकी ८० वर्षीया द्रौपती भण्डारी र पर्शुराम नगरपालिका–१४ का १३ वर्षीय विक्रम बोहरा रहेका डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरका बस मंगलबार मध्याह्न १२ बजेतिर ठोक्किदा दुर्घटना भएको हो।

घाइतेहरुको परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेमध्ये गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ। समान्य घाइतेको डडेल्धुराको उप– क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.