|

काठमाडौँ : सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा तीन करोड ४३ लाख १४ हजार १४९ रुपैयाँ मूल्य बराबरको औषधि बिक्री गरेको छ। समितिको तेइसौँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले सो जानकारी दिएको हो।

पाँच करोडको बिक्री लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिक्री गर्न नसकेको जनाएको छ। समितिका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्यविधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताए।

औषधि आपूर्ति, उत्पादन व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्दै आगामी चालु आवमा पाँच करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य समितिले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.