|
फाइल फोटो थाहाखबर

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशमा छरिएर रहेका गैरआवसीय नेपालीलाई नेपालको विकास र प्रचारमा आवश्‍यक सहयोग पुर्‍याउन आग्रह गरेका छन्। उनले एनआरएनहरुलाई देशको अघोषित राजदूत भएको संज्ञा दिँदै सोहीअनुसार भूमिका निभाउनसमेत आग्रह गरे।

'नेपालको छवि उच्च बनाउन, कलासंस्कृति फैलाउन, पर्यटक भित्र्याउन, तपाईँहरु अघोषित राजदूतजस्तै हो, सोहीअनुसार भूमिका निभाउनु हुनेछ' एनआरएनए आठौं विश्‍व सम्मेलन समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले भने।

उनले देशभित्र लगानीको वातावरण बन्दै गएको दाबी गर्दै विनाहिच्किचाहट लगानी गर्न आग्रह गरे। स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा गरेको लगानी निकै स्वागतयोग्य भएको धारणा देउवाको थियो। एनआरएन र सरकारबीचको एकता नै समृद्ध नेपालको आधार भएको उनले बताए।

एनआरएनएका संस्थापक अध्यक्ष छोटो समयमा यो संस्थाले ठूलो रुप लिएको दाबी गरे। उनले नेपालबाट वैदेशिक रोगारीमा जाने नभई नेपालमा काम खोज्न विदेशी 'लविङ' गरेको र नेपाली पर्यटकको रुपमा विदेशमा जाने अवस्था एनआरएनहरुले देख्न चाहेको बताए। उनले एनआरएनएको मूल मन्त्र नेपालीका लागि नेपाली भन्ने उद्देश्‍यलाई पूर्ति गर्ने गरी काम गर्न नेतृत्वलाई आग्रह समेत गरे।

पूर्वअध्यक्ष जिवा लामिछानेले यो संस्थामा अतुलनीय समाजिक शक्ति भएको बताउँदै यसको प्रयोग गर्नुपर्ने बताए। त्यस्तै निवर्तमान अध्यक्ष शेष घलेले संरचनागत रूपमा संस्था बलियो भएको दाबी गर्दै यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.