समाज

दुर्घटना जोखिम बढाउँदै सिटी सफारी र टेम्पो
SHARES

असोज ३१, २०७४

    झापा : इलेक्ट्रोनिक रिक्सा ( सिटी सफारी) र टेम्पो बजारमा भित्रिएपछि पछिल्लो समय झापाका मुख्य शहरहरुमा दुर्घटना जोखिम बढ्दै गएको छ। बिर्तामोड, दमक, काँकडभिट्टा लगायतका मुख्य शहरमा सिटी सफारी र टेम्पोका कारण दुर्घटना जोखिम बढेको हो। 

    पछिल्लो समय सिटी सफारी र टेम्पोको संख्या बढेका कारण दुर्घटना जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्लामा हाल सम्म करिब ३६ सयको संख्यामा सिटी सफारी तथा टेम्पो सञ्चान हुदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

    सिटी सफारी तथा टेम्पो वर्षेनी दोब्बरले बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ। पछिल्लो केही वर्ष यता बजारमा भित्रिएका सिटी सफारी तथा अटो रिक्साका चालकहरुको सवारी चालक अनुमति पत्र नहुनु पनि दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले बताए। 

    पछिल्लो समय लाइसेन्स खुलाउन ट्राफिक प्रहरीले पहल गर्दै गएको उनले बताए। उनले भने,‘हामीले यातायात विभागसँग सहकार्य गरेर यसको पनि लाइसेन्सको व्यवस्था गरेका छौँ, अहिलेसम्म १५ सयलाई लाइसेन्स पनि वितरण गरेका छौँ, फेरी पनि खुलाउन हामी यातायातसंग सहकार्य गरि रहेका छौँ।’

    उनले जिल्लाका ठूला बजारहरुमा सिटी सफारी र अटो रिक्साका कारण दुर्घटना जोखिम अत्याधिक रहेको बताए। सिटी सफारी चालकलाई राम्रो ज्ञान नहुँदा दुर्घटना जोखिम बढेको दमकका सफारी चालक तारानिधि आचार्यले बताए। 

    उनले भने,‘हाम्रा धेरै साथीहरुमा ज्ञान छैन, कता जाँदा कुन लाइट बाल्ने भन्ने साथीहरुमा धेरै समस्या छ।’ उनले सफारी तथा अटो रिक्सा चालकलाई लाइसेन्स वितरण गरिनु राम्रो भएको बताए। तर लाइसेन्स वितरण गर्दा सम्बन्धित ठाउँबाट नै वितरण गरिनु पर्ने उनको माग छ।

    उनी भन्छन्,‘ लाइसेन्स भयो भने हाम्रो सुरक्षा पनि हुन्छ। यो राम्रो कुरा हो तर लाइसेन्स वितरण गर्दा हामीलाई बिर्तामोड तथा इटहरी लान हुँदैन यही दमकबाट गरिनुपर्छ, हाम्रो रिक्साले त्यहाँसम्म चार्ज थाम्दैन। हाम्रो समस्यामा पनि चासो देखाउनु पर्यो।’

    रुटको उस्तै समस्या

    एउटा जिल्लामा सञ्चालित सिटी सफारीले अर्को जिल्लामा जान नपाउने मुख्य समस्या भएको सिटी सफारी चालकहरुले बताएका छन्। विषेश गरी दमक क्षेत्रमा सञ्चालित रिक्साहरुले यस्तो समस्या भोग्नु परेको अटो रिक्सा चालक राम तामाङले बताए। 

    उनले भने,‘ दमक र उर्लाबारी हाम्रो सीमाना हो, हाम्रो रिक्सा दमकमा दर्ता गरेको हो, उर्लाबारीसम्म जाँदा ट्राफिकले ५ सय रुपैयाँ फाइन काट्छ, अब त संघीय संरचनामा देश गएपछि त जिल्ला हुँदैन भनेको सुनेको थिएँ तर यस्तो भएन।’

    उनले यो समस्या प्रति गम्भीर भइदिन दमक नगरपालिका र इलाका ट्राफिक प्रहरी कार्यालय दमकसँग आग्रह समेत गरे ।  

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]