|

काठमाडौं : सरकारले आयल निगमका विवादास्पद कार्यकारी निर्देश गोपालबहादुर खड्कालाई जिम्मेवारीबाट हटाई बुधबार आपूर्ति मन्त्रालयमा तान्ने भएको छ।
सरकारले निर्वाचन आयोगको सहमतिमा खड्कालाई जिम्मेवारीमुक्त गर्न लागकेको हो।

उनलाई मन्त्रालय तानेपछि निगमका सबभन्दा वरिष्ठ अधिकारीलाई निमित्त दिइने जानकारी स्रोतले दिएको छ। आपूति मन्त्रालयले खड्कालाई मन्त्रालयमा ल्याएर काममा लगाउन आयोगसित सहमति माग गरेको थियो। मंगलबार बसेको आयोगका पदाधिकारीहरूको बैठकले खड्कालाई निगमको जिम्मेवारीबाट हटाई मन्त्रालयमा तानेर काममा लगाउन सरकालाई सहमति प्रदान गरेको छ।

सरकारले बुधबार नै खड्कालाई पत्र पठाई मन्त्रालयमा तान्ने जानकारी स्रातले दिएको छ। कार्यकारी निर्देशक खड्का पेट्रोलियम भण्डारण बनाउन जग्गा खरिद गर्दा अनियमितता गरेको विवादमा परेपछि मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गरेको थियो।

संसदीय समितिहरूले जग्गा खरिद प्रकरणमा छानबिन गरी दोषी देखिएका खड्कालाई कारबाही गर्न निर्देशन दिएका थिए। तर सर्वोचच अदालतले सरकारको निर्णय उल्ट्याएदिएपछि खड्का निगमको कार्यकारीको जिम्मेवारीमै फर्किएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.