|

काठमाडौं : प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ। ‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ।’ राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ।

विनाविभागीय बनाइए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन सक्नेछन्। विनाविभागीय मन्त्रीहरुलाई पनि मन्त्रिपरिषद्मा छलफल हुने एजेन्डा पठाइने मुख्य सचिव क्षेत्रीले बताए।

'उहाँहरुको कुनै मन्त्रालय नहुने मात्र हो, बाँकी मन्त्रीका रुपमा पाउने सुविधा सबै पाइराख्नुहुन्छ,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.