|

काठमाडौं बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहयाक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन्।
अर्थिक लेनदेनको झुटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

धनकुटा घर भई हाल काठमाडौंको टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झुटो मुद्दा खडा गरेर  १५ देखि २० लाख रुपैयाँ असुल्ने दाउमा थिए भाट र शाह। देवानकी पत्नी विनिताले आफूसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएपछि भाट र शाहको योजना चकनाचुर भएको हो। उनीहरूसहित बालुवा डिपो प्रमुख नवीकृष्ण भण्डारी पनि अख्तियारको अनुसन्त्रानका क्रममा पक्राउ परेका छन्। घटनामा संलग्न महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत हवल्दार मनोज यादव भने फरार छन्।

अख्तियारको हिरासतमा थापाले आफ्नो डिपोमाभाटलगायत प्रहरीले लेनदेन गर्ने गरेको र देवानबाट पनि जबर्जस्ती पैसा मागको  बयान दिएका छन्। डीएसपी भण्डारीले भने देवान पक्राउ परेको जानकारी आफूलाई भए पनि पैसा मागेको विषयमा अनभिज्ञ रहेको बयान अख्तियारलाई दिएका छन्।
 
घटनामा संलग्न महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोज यादव भने फरार छन्। अख्तियारको हिरासतमा रहेका थापाले आफ्नो डिपोमा भाटलगायत प्रहरीले लेनदेन गर्ने गरेको र देवानबाट पनि जबर्जस्ती पैसा मागेको बयान दिएका छन् । डीएसपी भण्डारीले भने देवान पक्राउ परेको जानकारी आफूलाई थाहा भए पनि पैसा मागेको विषयमा अनभिज्ञ रहेको बयान अख्तियारलाई दिएका छन्।

भारतीय गोर्खा पल्टनमा जागिर खान प्रमाणपत्र बुझाएर फर्किएका युवाको कागजपत्र रुजु गर्ने काम गर्दै आएका थिए, गंगा देवान। उक्त जानकारी मनमैजुका विनोद थापाले पाए र असई भाटलाई जानकारी गराए । महानगरीय प्रहरी वृत्त लैनचौर दरबन्दी भएर बालाजु वृत्तमा कार्यरत भाटले उक्त कुरा जवान शाह र हवल्दार मनोज यादवलाई समेत बताएपछि कसरी फसाउन सकिन्छ भनेर प्रपञ्च रच्न थालियो। शाह महानगरीय प्रहरी वृत्त सानोठिमीमा दरबन्दी भएर हाल सानोठिमी बालसुधार गृहमा कार्यरत थिए।

अख्तियार स्रोतका अनुसार प्रहरी सेवामा कुनै बेला भाट र शाह एउटै कार्यालयमा थिए। भाट र शाहले थापालाई फसाउन नक्कली पीडित खडा गर्न आफन्तलाई पल्टनमा भर्ना गराउने नाममा देवानसँग कागज गराउन सल्लाह लिए। विन्ध्यवासिनी ढुवानी सेवा मनमैजुका सञ्चालकसमेत रहेका थापाले असोज ८ गते देवानको घरमा पुगेर आफ्ना मान्छेलाई पनि पल्टनमा पठाइदिन भन्दै दुई लाखको कागज गराएका थिए।

भनेको समयमा विदेश पठाउन नसके प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएका थापाले देवानबाट बनाएको कागज भाट र शाहलाई देखाए। सोही दिन भाट, शाह, यादव र थापाले देवानको कोठामा पुगी खानतलासी गरे। ‘हामी प्रहरी हौं, तपाईं यस्तो ठगीधन्दा गर्ने’ भन्दै देवानलाई घरबाट उठाएर थापाको बालुवा डिपोमा लगि पैसाको बार्गेनिङ सुरु गरे । देवानको कोठाबाट भाटले सीमसहितको मोबाइल, एसबीआई बैंकबाट वितरण भएको एटीएम कार्ड, कार्डको पासवर्ड र नागरिकता कब्जामा लिएका थिए।

डिपोमा पाँच घन्टा राखेर १५\२० लाख रुपैयाँ दिएमा छाडिदिने भन्दै देवानलाई पत्नी विनिताको मोबाइलमा फोन गर्न लगाएका भाटले पैसा नदिए कुमार घैंटे र दिनेश अधिकारी चरीको हालत बनाइदिने भनी धम्क्याएका थिए। साँझसम्म पैसा नल्याएपछि भाटले देवानलाई प्रहरी वृत्त बालाजुको हिरासतमा राखेका थिए। पति खोज्दै भौतारिएकी विनिता बालाजु वृत्त पुगिन्। विनितालाई पनि एक घन्टा हिरासतमा थुनेर एक घण्टामा पैसा ल्याउने शर्तमा छाडिएको थियो।

असोज ८ गते प्रहरी जवान शाहले विनिताको एटीएम कार्डबाट ४० हजार रुपैयाँ झिकेर भोलिपल्ट एटीएम फिर्ता दिएका थिए। असोज ९ गते शाहले विनितालाई फोन गरेर ‘पाँच लाख रुपैयाँ लिएर आएमा पनि कुरा मिल्छ र तपाईंको पति गंगालाई छाडिदिन्छौं’ भनेर फोन गरी बार्गेनिङ गरेका थिए। उक्त सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोलीले भाटकै कार्यकक्षामा पुगी रंगेहात पक्राउ गरेको थियो। तत्कालीन समयमा भाटलाई पक्राउ गरे पनि शाह र थापा पछि मात्रै पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.