|
फाइल फोटो

रसुवा : १९औँ चिनियाँ नेसनल कंग्रेससभा सुरु भएपछि सुरक्षाका लागि नेपाल–चीनबीचको रसुवा नाका मंगलबारदेखि ६ दिनका लागि बन्द गरिएको छ। तर, चिनियाँ पक्षले भने मर्मतका लागि बन्द गरिएको जनाएको छ।

चीनको राजधानी बेइजिङमा बुधबारदेखि कंग्रेससभा सुरु हुँदै छ। चिनिया प्रहरीले नेपालको सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। नेपाल र चीनबीच सञ्चालनमा रहेको यो एक मात्र व्यापारिक नाका हो। उता जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले चीनको के–८१ र के–८७ मा सडक मर्मत गर्नुपर्ने भएको केरुङ पोट एडमिनिस्ट्रेसन कमिटीबाट जानकारी आएको बताए। भारी वर्षा र ठूलो पहिरोका कारण सडक असुरक्षित भएकाले मर्मत थालेको चिनियाँ पक्षले जनाएको छ। मर्मतका लागि विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपर्ने जनाइएको छ।

चिनियाँ समयअनुसार मंगलबार दिउँसो १ बजेदेखि २२ अक्टोबरसम्म नाकामा आवतजावत बन्द गरिएको छ। नाका बन्द भएसँगै नेपाल तथा केरुङबाट हुने आवतजावत ठप्प भएको छ। चिनियाँ क्षेत्र केरुङ पुगेका सम्पूर्ण नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.